भोटेकोशी बाढी अपडेट : २८ प्रहरी बेपत्ता, १६२ शव फेला

भोटेकोशी बाढी अपडेट : २८ प्रहरी बेपत्ता, १६२ शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा अहिलेसम्म १६२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेसम्म ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै, बाढीमा परी घाइते ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशुली अस्पतालमा ९ जना, ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, नर्भिक अस्पतालमा ३ जना, बिरेन्द्र सैनिक अस्पताला १ जना, ग्रिन सिटी अस्पतालमा १ जनाको उपचार जारी छ ।

यस्तै बाढीका कारण प्रभावित विभिन्न प्रहरी कार्यालयका २८ प्रहरी कर्मचारी सम्पर्कविहीन छन् । यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि ३ हजार ३ सय १८ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।