प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत छन् । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्र विदुर प्रस्थान गरेका हुन् ।

बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समय सीमाका कारण प्रधानमन्त्री शाहले मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

निरीक्षणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछ।

बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ । बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् ।

बाढीको लगत्तै उनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।