काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोटेकोसीमा पुनः बाढी आउने सम्भावना रहे/नरहेको विषयमा उत्तरी छिमेकी चीनबाट सूचना लिनुपर्नेमा जोड दिएका छन् ।
सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बिहीबार बिहान सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा प्रचण्डले फेरि बाढी आउन सक्ने हल्लाले सर्वसाधारणमा त्रास फैलिएको भन्दै त्यससम्बन्धी आधिकारिक सूचना लिनुपर्ने बताए ।
‘फेरि पनि बाढी आउने हल्लाले जनतामा त्रास फैलिएको छ । चीनतर्फबाट सूचना आदानप्रदानमा के–कसो भइरहेको छ ?’,उनले भने, ‘चीनतर्फबाट सूचना लिने विषयलाई प्राथमिकतामा राखौं ।’
प्रचण्डे विगतमा विपदका बेला राष्ट्रिय सहमतिका साथ सामना गर्ने गरिएको चर्चा गर्दै सरकार, राजनीतिक दल, राज्य संयन्त्र, निजी क्षेत्र र आमनागरिकबीच हातेमालो गरेर मात्र संकट सामना गर्न सकिने औंल्याए ।
उनले प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनस्र्थापना र मानवीय सहायतामा सरकारलाई सघाउन आफ्नो दल तयार रहेको बताए ।
उनले ०७२ को महाभूकम्प, कोशी बाढी, जुरे पहिरो र मेलम्चीको बाढीजस्ता विपदमा सबै मिलेर उद्धार, राहत र पुनस्र्थापना गरिएको स्मरण गरे ।




प्रतिक्रिया