काठमाण्डु– रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले दोस्रो खेपमा थप ३७.५ टन राहत सामग्री पठाएको छ ।मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको दोस्रो विमान काठमाण्डुतर्फ प्रस्थान गरेको हो ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले एक्समार्फत ३७.५ टन मानवीय सहायता, विपद् राहत सामग्री, औषधि र खाद्यान्न बोकेको विमान काठमाण्डुतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।
उनले लेखेका छन् दोस्रो उडान पनि भर्खरै नेपालका लागि उडेको छ। उक्त विमानमा ३७।५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि र खाद्यान्नका प्याकेटहरू पठाइएको छ। भारतले नेपाली अधिकारीहरूसँग निरन्तर र निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको छ। जारी राहत तथा उद्धार प्रयासलाई भारतले आगामी दिनमा पनि सशक्त रूपमा निरन्तर सहयोग गर्नेछ।

यस्तै भारतले हिजो १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको थियो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’लाई उक्त राहत सामग्री हस्तान्तरण गरेका थिए ।




प्रतिक्रिया