काठमाण्डु – प्रधानमन्त्री बालेन शाह नुवाकोटको विदुर पुगेका छन्। बाढी प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोटको विदुर पुगेका हुन्।
बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहेका छन् ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्नेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधार मन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन,सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन्।
साथै,सम्पूर्ण प्रभावित क्षेत्रहरूमा द्रुत गतिमा राहत पुर्याउन र पूर्वाधार पुनर्निर्माणको कामलाई तीव्रता दिन उनीहरूले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।




प्रतिक्रिया