भोटेकोशी बाढीका एक घाइतेको त्रिवि शिक्षण अस्पतालमा निधन, ६ को अवस्था गम्भीर

भोटेकोशी बाढीका एक घाइतेको त्रिवि शिक्षण अस्पतालमा निधन, ६ को अवस्था गम्भीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भोटेकोसी बाढीमा परी गम्भीर घाइते भएका एक युवकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।

करिब २५ वर्षीय युवकको उपचारका क्रममा बिहीबार ज्यान गएको अस्पतालले जनाएको छ ।

नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरले बुधबारदेखि नै प्रभावित क्षेत्रबाट घाइते र बाढीमा फसेकाको उद्धार गरिरहेका छन् ।

हालसम्म २६ घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

उनीहरुको आईसीयूमा उपचार भइरहेको डा. सेढाईंले बताए ।