२८ देशका ४७६ विदेशी सम्पर्कविहीन, ४५ को उद्धार

२८ देशका ४७६ विदेशी सम्पर्कविहीन, ४५ को उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशीमा आएको बाढीका कारण २८ देशका ४७६ जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन् ।

बिहीबार बिहान १० बजेसम्म सम्पर्कविहीन विदेशी नागरिकको संख्या ४७६ रहेको पर्यटक प्रहरीले जनाएको छ।

त्यस मध्ये सबैभन्दा धेरै भारतका १७७ जना छन्। त्यस्तै अमेरिकाका ६३, युक्रेनका ५३, अस्ट्रेलियाका ३४, बेलायतका ३३, मलेसियाका २८ र क्यानडाका २५ जना सम्पर्कविहीन छन्।

यसैगरी जर्मनीका ८, सिंगापुर र दक्षिण अफ्रिकाका ६–६, न्युजिल्यान्ड र रुसका ५–५, जापानका ५, फ्रान्सका ४ तथा आयरल्यान्ड, नेदरल्यान्ड्स र पोर्चुगलका २–२ जना छन्।

पर्यटक प्रहरीका अनुसार हालसम्म कुनै पनि विदेशी नागरिक फेला परेको विवरण प्राप्त भएको छैन।

बाढीपछि पर्यटक प्रहरीसहित सम्बन्धित निकायले विदेशी पर्यटक तथा यात्रुको अवस्थाबारे विवरण संकलन र खोजी कार्यलाई तीव्रता दिएको छ।

यसबीच नेपाली सेनाको हेलिकप्टरमार्फत टिमुरे, धुन्चे र मैलुङ इलाकाबाट ४५ जना विदेशी नागरिकको उद्धार गरेको छ ।