मैथली ब्यारेक पुगे प्रधानमन्त्री बालेन

मैथली ब्यारेक पुगे प्रधानमन्त्री बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदुर– भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि त्यसतर्फ गएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नुवाकोटको बट्टारस्थित श्री नम्बर–१ सैन्य तालिम केन्द्र, त्रिशुली (मैथली) पुगेका छन् ।

प्रधानमन्त्री शाह बाढीबाट भएको क्षति र खोज तथा उद्धारको अनुगमन गर्न बिहीबार बिहान टोखा-छहरे सडक खण्ड हुँदै मैथली ब्यारेक पुगेका हुन् ।

त्यहाँ उनले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेका छन् ।


प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि त्यहीं छन् ।

प्रधानमन्त्रीको टोलीलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र नुवाकोट प्रहरी प्रमुख विपिन रेग्मीले बाढीबाट भएको मानवीय र भौतिक क्षतिबारे जानकारी गराएका थिए ।