बेत्रावतीको बाढी ग्रस्त क्षेत्रमा २० जना अलपत्र, बुधबारदेखि न अन्न न पानी

बेत्रावतीको बाढी ग्रस्त क्षेत्रमा २० जना अलपत्र, बुधबारदेखि न अन्न न पानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भोटेकोसी बाढीले डुवानमा परेको नुवाकोटको बेत्रावतीमा करिब २० अलपत्र परेका छन् ।

बाढीमा ज्यान जोगाउन सफल भएका उनीहरु बिचल्लीमा परेको बीबीसी नेपाली सेवाका पूर्वपत्रकार एवं स्थानीय लक्ष्मण डंगोलले जानकारी दिए ।

डंगोलका अनुसार अलपत्र पर्नेमा वृद्धवृद्धा, बालबालिका र अशक्तहरु छन् । उनले आफू बिहीबार काठमाण्डुबाट प्रभावित क्षेत्र पुग्दा मानिसहरुको बिचल्ली देखेको बताए ।

सबैको घर बाढीले बगाएकाले उनीहरुले केही नपाएको डंगोलले उल्लेख गरे ।

‘म आज मात्र यहाँ आइपुगें । कति मानिस बाढीमा परे भन्ने यकिन छैन । भागेर बाँचेकाहरुको पनि बिचल्ली रहेछ’, डंगोलले काठमाण्डु पाटीसँग भने, ‘हिजोदेखि अन्न न पानी भएका मानिसहरु भेटें । पुल र सडक भत्किएका कारण कतै जान सक्ने अवस्था छैन ।’

बाढी ग्रस्त क्षेत्रमा फसेका उनीहरुलाई बागेश्वरी हुँदै वैकल्पिक मार्गबाट बाहिर ल्याउन सकिने भए पनि उद्धार हुन नसकेको डंगोलले बताए ।