पत्रकार टेकराज थामी बाढीपछि केरुङबाट सम्पर्कविहीन

पत्रकार टेकराज थामी बाढीपछि केरुङबाट सम्पर्कविहीन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पत्रकार टेकराज थामी भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थामी नयाँ पत्रिका दैनिकमा कार्यरत थिए ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी थामी समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका बेला बेपत्ता भएको जानकारी दिएका हुन् ।

दाहालले परिवारलाई हवाला दिँदै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको खबर परिवारबाट प्राप्त भएको छ ।’

यस्तै दाहालले बाढीमा परी पत्रकार निराजन पौडेलका परिवारका ५ जना विदुर–७ नुवाकोटबाट बेपत्ता भएको बताएका छन् । पौडेलका बुबा, आमा, काका, काकी र बहिनी बेपेत्ता भएका विज्ञप्तिमा छ ।महासंघले तत्काल उनीहरुको खोजीलाई तीव्रता दिन माग गरेको छ ।

महासंघले बाढीका कारण विद्युत अवरुद्ध भई सञ्चार माध्यम सञ्चालनमा समेत समस्या भएको भन्दै सञ्चार सेवा नियमित गर्न आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।