काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्याउन १ महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएकाले विपद् प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रपति पौडेलले १ महिनाको पारिश्रमिक कोषमा प्रदान गर्न लागेका हुन् ।
राष्ट्रपति पौडेलले विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुग्ने उद्देश्यले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिए ।




प्रतिक्रिया