ठूला दाताबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ करोड सहयोग

ठूला दाताबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग संकलन भइरहेको छ ।

कोषमा प्राप्त सहयोग रकम एकद्वार प्रणालीमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझिरहेका छन् ।

विभिन्न दाताबाट मन्त्रालयमा आएर हस्तान्तरण भएको रकम २७ करोड ३३ लाख पुगेको छ । कोषमा योगदान गर्ने कम्पनी तथा योगदानकर्ताको विवरणअनुसार विभिन्न कम्पनीले राहत, उद्धार, खोज तथा पुन:स्थापनाका लागि रकम सहयोग गरेका छन् ।

सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै पुन:स्थापनाका लागि आवश्यक स्रोत जुटाउन सहयोगका लागि आह्वान गरेको छ ।