काठमाण्डु – विभिन्न विश्वविद्यालयले भदौ १३ गतेदेखि सञ्चालन गर्न लागेका सबै परीक्षा सरकारले स्थगित गरेको छ।
प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिएको हो।
वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै, विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिइएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा परीक्षा संचालनको व्यवस्था मिलाउनसमेत शिक्षा मन्त्रालयले निर्देशन दिएको छ।




प्रतिक्रिया