वैदेशिक रोजगारीका नाममा ठगी, आठ लाख ठगेर फरार

वैदेशिक रोजगारीका नाममा ठगी, आठ लाख ठगेर फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै धनुषाका एक जनाले ८ जनाको ८ लाख रुपैयाँभन्दा बढी ठगेका छन् ।

धनुषा बोहर्बाका इमामुदिन रैनले वैदेशिक रोजगारीका लागि कतार पठाइ दिने भन्दै ८ जनासँग ८ लाख रुपैयाँभन्ला बढी ठगी गरेर फरार भएका छन् ।

रैनले धनुषाका विभिन्न ८ जनासँग जनही एक लाख रुपैयाँका दरले आठ लाख रुपैयाँ लिएर फरार छन् । रैनले डेढ महिना पहिला रोजगारीका लागि कतार पठाइदिने नाममा रकम असुलेका थिए । पछि अरु काम पनि गर्नुपर्छ भन्दै थप २ लाख १९ हजार ५ सय रुपैयाँ लिएको पीडितहरूले बताएका छन् ।

तर रकम लिएर काम नगरेको गुनासो उनीहरूको छ । रकम दिएपछि भीसा प्रक्रिया पनि सुरु भएको थियो । कतार भिसा सेन्टरले ५ जनाको नाममा भीसा पनि पठाइसकेको थियो ।

तर रकम लिएपछि रैनले आजभोलि काम गरिदिने भन्दै विभिन्न बहाना बनाएर हाल सम्पर्कविहीन भएको पीडितहरुले आफ्नो परिचय नखुलाउँदै भने । असुरक्षाका कारण परिचय नखुलाएका उनीहरूले ठगी मुद्दा लिएर प्रहरीका निवेदन पनि दिने बताएका छन् ।

अहिले रैनले फोन पनि उठाउने नगरेको र रकम फिर्ता गर्न पनि आलटाल गरिरहेको पीडितहरुको भनाइ छ । रैनले रकम लिएको प्रमाण, फोन कल विवरण, च्याट, बैंक स्टेटमेन्टको प्रमाण आफूहरूसँग सुरक्षित रहेको उनीहरु बताउँछन् ।