भोटेकोशी बाढी : तीन हजार २५३ जनाको उद्धार, १३ हजार सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढी : तीन हजार २५३ जनाको उद्धार, १३ हजार सुरक्षाकर्मी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीका आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी र १५ हेलिकप्टर परिचालन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले शुक्रबार बिहान दिएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तर्राष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपतकालीन समन्वय टोली समेत गठन गरी परिचालन गरिएको जनाएको हो।

यसका साथै बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका छ र निजी क्षेत्रका नौ गरी १५ हेलिकप्टर उद्धार तथा राहत कार्यमा परिचालन गरिएका छन्। स्थलगत तथा हवाई उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

साथै हालसम्म तीन हजार २५३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ गरी कुल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्राधिकरणका अनुसार बुधबार नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलाको उत्तरी क्षेत्रमा करिब एक वर्ग किलोमिटर क्षेत्रफलको हिम(चट्टान खसेर ठूलो भूचाल उत्पन्न भएको थियो। उक्त घटनाले म्याग्निच्युड ५.२ बराबरको भूकम्पीय सङ्केत दिएको थियो । हिम(चट्टान खस्दा भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा भीषण बाढी आएको र त्यसबाट व्यापक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले बाढीबाट हालसम्म ७३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपाचार भइरहेको बताएको छ ।

यसका साथै हालसम्म ९७७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन ९७७ जनामध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार र रसुवाका १६१ जना रहेका छन्। सम्पर्कविहीन विदेशी नागरिकको सङ्ख्या ५१७ छन् ।