काठमाण्डु– नेपालको भोटेकोशी नदीमा आएको बिनाशकारी बाढीमा परी हराइरहेकाहरुको शव भारतीय सीमावर्ती क्षेत्रमा समेत पुर्याएको आशंका गरिएको छ ।
भारत उत्तर प्रदेशस्थित नारायणी–गण्डक नदीबाट सात शव फेला परेका छन् ।
महराजगञ्जमा चार तथा कुशीनगरमा तीन शव भेटिएका बीबीसी हिन्दीले जनाएको छ । जसमध्ये ५ महिला र दुई पुरुष छन् ।
नेपालको बाढीले बगाए्र नारायणी हुँदै भारत पुगेको हुन सक्ने आशंका गरिएको छ ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले मोटरबोट प्रयोग गरी नदीबाट शव बाहिर निकालेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उद्धारपछि सबै शवलाई सम्बन्धित जिल्लाका जिल्ला मुख्यालयमा पठाइएको छ ।




प्रतिक्रिया