बाढीपीडितका लागि सुदूरपश्चिम सरकारको २ करोड, मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

बाढीपीडितका लागि सुदूरपश्चिम सरकारको २ करोड, मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको मुख्यमन्त्री खगराज भट्टले जानकारी दिए ।

मुख्यमन्त्री भट्टका अनुसार आफूसहित सबै मन्त्रीको एक महिनाको पारिश्रमिक बराबरको रकम थप गरेर कोषमा उपलब्ध गराउने निर्णय भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारका लागि औषधिसहितको स्वास्थ्यकर्मी टोलीसमेत पठाउने भएको छ ।