काठमाण्डु – बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा शुक्रबार राति मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन जिल्लामा शुक्रबार राति मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले बाढी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा सामान्य वर्षाले समेत थप क्षति निम्त्याउन सक्ने बताए । उनले बाढीका कारण जमिन कमजोर र थिचिएको अवस्थामा रहेकाले ठूलो वर्षा नभए पनि कमजोर माटो बग्ने, पहिरो जाने तथा स्थानीय खोलामा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको बताए।
महाशाखाले बाढी प्रभावित क्षेत्रका केही भूभागलाई सुन्तला रङको सचेतना क्षेत्रमा राखेको जनाएको छ। विशेषगरी रसुवा, सिन्धुपाल्चोक तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा थप सतर्कता आवश्यक रहेको छ।
बाटोमा वर्षा वा मौसमजन्य समस्या देखिएमा ११५५१ र ११५५ नम्बरमा सम्पर्क गरी वर्षाको अवस्था तथा त्यसको अवधि सम्बन्धी जानकारी लिन सकिने विभागले जनाएको छ।




प्रतिक्रिया