काठमाण्डु – चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) महासचिव सी चिनफिङले विनाशकारी पहिरोपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन् ।
सीपीसको बैठकमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ ।
बैठकले विपद्प्रभावित नेपाली क्षेत्रमा चीनले आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्यसमेत गर्ने जनाएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा आएको बाढी र पहिरोपछि उत्पन्न अवस्थाका विषयमा र आवश्यक व्यवस्था गर्न उनले पार्टी नेतृत्वको बैठकको अध्यक्षता गरेका छन् ।
बैठकले केरुङ क्षेत्रमा आएको बाढीको विश्लषेण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
बैठकमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित तथा समन्वित रूपमा सञ्चालन भइरहेको जनाइएको छ । प्रभावित व्यक्तिहरूको पुनःस्थापना तथा विपद्पछिका अन्य व्यवस्थापनका लागि पनि व्यापक प्रयास भइरहेको बैठकमा उल्लेख गरिएको छ ।
बैठकले उद्धारसम्बन्धी कार्यका लागि सबै सम्बन्धित निकाय र विभागहरूले दृढ तथा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ ।
खोज तथा उद्धार योजना वैज्ञानिक ढंगले तयार गरी बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी र उद्धारका लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि बैठकले जनाएको छ ।




प्रतिक्रिया