सरकारले भन्योः हिमताल फुटेको छैन, आत्तिनु पर्दैन

सरकारले भन्योः हिमताल फुटेको छैन, आत्तिनु पर्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– तिब्बतस्थित ल्हेन्दे होलाको माथिल्लो क्षेत्रमा हिमपहिरोपछि बनेको कृत्रिम ताल नाघेर पानी बग्न थालेपछि भोटेकोशी नदीमा पुनः बाढी आउने त्रास बढिरहेका बेला सरकारले आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ ।

हिमताल फुटेर पानी बाहिरिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल गरेको थियो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थल नजिकै बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट आएको बताएका थिए ।

सरकारले भने तत्काल ठूलो बाढीको जोखिम नरहेको स्पष्ट गरेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले चिनियाँ पक्षले निरन्तर सूचना दिइरहेको उल्लेख गरे ।

तालको बाँध फुटेको भन्ने सूचना नरहेको भन्दै उनले हिमनदीका भागहरू फुट्दा पानीको मात्रा बढेर तालबाट बाहिरिएको बताए ।

अवस्था सामान्य रहे पनि सम्भावित जोखिमलाई भने बेवास्ता नगर्न उनले आग्रह गरे ।