काठमाण्डु– सरकारले केदारनाथ शर्मालाई गृह सचिव बनाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो।
हाल गृहसचिव रहेका राजकुमार श्रेष्ठ भदौ १५ गतेबाट अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई गृह सचिव बनाउने निर्णय सरकारले गरेको हो।
यसअघि उनी रक्षा मन्त्रालयको सचिव थिए।




प्रतिक्रिया