भारतले ‘टनेल रेस्क्यु टिम’ र स्वास्थ्यकर्मीको टोली नेपाल पठाउँदै

भारतले ‘टनेल रेस्क्यु टिम’ र स्वास्थ्यकर्मीको टोली नेपाल पठाउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतले ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको अनुरोधमा सो टोली पठाउन लागिएको बताएका हुन्।

शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत उनले पहिले आवश्यक सामग्रीहरुबारे जानकारी लिन एउटा रेक्की टिम र स्वास्थ्यकर्मीको टोली पठाउने बताए ।

नेपालमा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका उद्धारकर्तालाई पठाउने प्रस्ताव गरेको पनि उनले जानकारी दिए।

भारतको एउटा बेलीब्रिज नेपालमै रहेको र त्यो उपयोग गर्ने सकिने पनि उनले जानकारी दिए।

यस्तै उनले शुक्रबार साँझसम्ममा (मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि, खाद्यान्न ब्ल्यांकेटजस्ता सामान) करिब १३ टन राहत सामग्री बोकेको तेस्रो विमान काठमाण्डु पठाउने तयारी भइरहेको बताए।

यस्तै उनले भारतको विदेशमन्त्रालय, नेपालको राजदुतावसमा २४ घण्टै कन्ट्रोलरुम सञ्चालन गरिएको उनले बताए ।