काठमाण्डु– भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
बुधबारदेखि अवरुद्ध रहेको राजमार्गमा थुप्रिएको लेदो पन्छाएसँगै शुक्रबार साँझदेखि सञ्चालनमा आएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो ।
राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया