त्रिशूलीको जलसतह बढ्यो, नारायणी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह (सूचनासहित)

त्रिशूलीको जलसतह बढ्यो, नारायणी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब ३ मिटर बढेको जनाएको छ।

यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले नारायणी नदी र यसका सहायक नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार आसपासका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।