इराक पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा तामाङ पक्राउ

इराक पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको आरोपमा तामाङ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा बस्दै आएकी ५५ वर्षीया सन्चमाया तामाङलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार तामाङले ३ जना पीडितलाई वैदेशिक रोजगारीका लागि इराक पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखेकी थिइन् । रोजगारीका लागि विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाउँदा तामाङले पीडितहरूबाट १० लाख रुपैयाँ रकम लिएको खुलेको प्रहरीले जनाएको छ ।

तामाङलाई २०८३ साल भदौ ११ गते बुढानीलकण्ठ नगरपालिका–४ बाट पक्राउ गरिएको हो । पक्राउपछि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा आकर्षक तलब तथा रोजगारीको प्रलोभन देखाएर हुने ठगीबाट सचेत रहन आग्रह गरेको छ ।