बेत्रावतीको एकै घरभित्र २४ वटा शव !

बेत्रावतीको एकै घरभित्र २४ वटा शव !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा खोज कार्य गर्दा प्रहरीले ड्रोन क्यामेरामा १ वटा शव देख्यो ।

ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्धार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्‍यो । शव फेला परेको स्थान विदुर नगरपालिका–१० बेत्रावतीस्थित बच्चुराम अवस्थीको घर थियो ।

घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शवसम्म पुग्न निकै नै कठिन देखियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गर्‍यो । दलदले हिलोमाथि अन्य सामग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको घरसम्म पुग्न सफल भयो ।

घरमा प्रवेश गरेपछि फेला परेको शवनजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला परे । फेला परेका शवमध्ये १ बालिका, ११ वटा पुरुष र १२ वटा महिलाको शव रहेको प्रहरीले जनाएको छ ।

शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनका लागि पठाउने कार्य भइरहेको छ । दलदले हिलोका कारण शव व्यवस्थापनका लागि हेलिकप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले स्थानीय तह एवं अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्धार तथा खोज कार्य गरिरहेको जनाइएको छ ।