टिमुरे भन्सारका अधिकृत शर्माको शव गोरखामा फेला

टिमुरे भन्सारका अधिकृत शर्माको शव गोरखामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवाको टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ ।

भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा भेटिएको हो ।

गोरखा जिल्लातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले बताए ।

हुम्लाको ताजाकोट गाउँपालिका–२ स्थायी घर भएका उनी रसुवाको टिमुरे भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत रहेका बेला भोटेकोशी बाढीले बगाएको थियो । शव पहिचान गरी परिवारले बुझेका डीएसपी श्रेष्ठले जानकारी दिए ।