काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदूत माओ मिङबिच सभापतिको बुढानिलण्ठस्थित निवासमा बुधबार दिउँसो भेटवार्ता भएको छ ।
भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरे ।
खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।
विपद्लगत्तै उद्धारकर्मी, डीएनए विशेषज्ञ लगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उनले दिए ।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरेका छन् ।




प्रतिक्रिया