काठमाण्डु– ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
हाल बैंकले ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।




प्रतिक्रिया