बाढी प्रभावित क्षेत्रमा सडे–गलेका शवबाट डीएनए नमूना संकलन गर्दै प्रहरी

बाढी प्रभावित क्षेत्रमा सडे–गलेका शवबाट डीएनए नमूना संकलन गर्दै प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा संकलन नहुँदै सडे–गलेका शवको जैविक पहिचानका लागि सरकारले डीएनए नमूना संकलन थालेको छ ।

बाढीमा परेर मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडे–गलेका शवको डीएनए नमूना संकलन गरिँदैछ ।

अर्काेतिर आफन्त सम्पर्कविहीन भएका व्यक्तिहरूले पनि डीएनएको नमूना दिइरहेका छन् । जीवित आफन्तसँग मृतकको डीएनए मिलेमा मृत्यु भएको यकिन गर्न सकिने भएकाले प्रहरीले डीएनए संकलन कार्यलाई तीव्रता दिएको छ ।