काठमाण्डु – पृथ्वी राजमार्गको कृष्णभीरमा त्रिशुलीले सडक कटान गरेपछि अब काठमाण्डु आउने मालबाहक सवारीसाधनका लागि नयाँ रुट तोकिएको छ ।
बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा बसेको बैठकले उपत्यकामा खाद्यान्न आपूर्ति सुचारु गर्न १२ चक्के मालबाहक सवारीसाधन मकवानपुरको भैँसेबाट त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने निर्णय गरेको छ ।
भैँसेबाट पालुङ हुँदै नौबिसेबाट १२ चक्के ट्रक सञ्चालन गर्ने निर्णय गरिएको छ । ती सवारीसाधन नौबिसेबाट पातलेबन हुँदै नागढुंगा आउन पाउने भएका छन् ।
काठमाण्डुबाट सामान लिन जाँदा १२ चक्के सवारीसाधन ललितपुरको एकान्तकुना हुँदै छम्पी र टिकभैरवबाट कान्तिलोकपथ हुँदै हेटौँडा पुग्ने गरी सञ्चालन गर्ने निर्णय गरिएको छ । दुवै रुटमा ग्यासका बुलेट चल्न पाउने छैनन् । ग्यास रिफिङ गरिएका सिलिन्डर बाहक ट्रक त्रिभुवन राजपथबाट चल्ने भएका छन् ।




प्रतिक्रिया