भोटेकोसी बाढी : उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई भत्ता, मृत्यु भए परिवारलाई १० लाख

भोटेकोसी बाढी : उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई भत्ता, मृत्यु भए परिवारलाई १० लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले भोटेकोसी बाढीपछि उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई जोखिम भत्ता दिने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खोज र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार घाइते भएमा निःशुल्क औपधि उपचार, मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।