स्याफ्रुबेँसी पुगे भारतीय राजदूत नवीन श्रीवास्तव

स्याफ्रुबेँसी पुगे भारतीय राजदूत नवीन श्रीवास्तव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेँसी पुगेका छन्।

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा फसेका मानिसको उद्धारमा खटिएको भारतीय प्राविधिक टोलीको कामबारे जानकारी लिन उनी स्याफ्रुबेँसी पुगेका हुन्।

राजदूत श्रीवास्तवले स्याफ्रुबेँसीमा खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी उद्धार कार्यको अवस्थाबारे जानकारी लिएको ‘एक्स’मार्फत जानकारी दिएका छन्।

भारतीय प्राविधिक टोली नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे पावरहाउस सुरुङभित्र फसेका मानिसको उद्धारका लागि सुरुङ खन्ने तथा खोजी कार्यमा जुटिरहेको छ।

विशेष उपकरणको प्रयोग गरी भारतीय प्राविधिक टोलीले सुरुङभित्र करिब १०० मिटरभन्दा बढी भाग अन्वेषण गरिसकेको छ। सुरुङभित्र थप अगाडि बढ्न भारी उपकरण ल्याउने तयारी भइरहेको जनाइएको छ।

उद्धार टोलीले काम गरिरहेको क्षेत्रमा जमिन दलदलजस्तो रहेको र भू–भागसमेत निकै चुनौतीपूर्ण रहेको बताइएको छ। कठिन भौगोलिक अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद भारतीय तथा नेपाली टोलीले उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।