काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि चीनको तिब्बततर्फ रहेका १ नाबालकसहित ११४ नेपाली नागरिकलाई चीन सरकारले सकुशल उद्धार गरी नेपाल फर्काएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण तिब्बततर्फ रहेका नेपालीहरूलाई चीन सरकारले उद्धार गरेको हो।
उद्धार गरिएका उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको छ।
चीनतर्फ फसेका १४७ नेपालीमध्ये ११४ जनालाई चिनियाँ पक्षले सुरक्षित रूपमा तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।




प्रतिक्रिया