अनशनरत गोविन्द केसीको माग पुरा गरे प्रधानमन्त्रीको जित हुन्छ : सुशीला कार्की

अनशनरत गोविन्द केसीको माग पुरा गरे प्रधानमन्त्रीको जित हुन्छ : सुशीला कार्की


काठमाडौं – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले अनसनरत डा. गोविन्द केसीका माग पूरा गर्नु पर्ने बताएकी छिन्। डा. केसी अनशन बसेको स्थल त्रिवि शिक्षण अस्पतालमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीसँग एकपटक सम्झौता गरिसकेकाले त्यसबाट पछि हट्न नहुने बताइन्।

डा. केसीको सत्याग्रहमा ऐक्यवद्धता जनाउँन बुधबार दिउँसो अनसनस्थल शिक्षण अस्पताल पुगेकी कार्कीले केसीको माग जनताको माग भएका कारण पनि पूरा गर्नुपर्ने बताइन्। ‘प्रधानमन्त्रीले तपाईंका माग पूरा भयो भनेर वचनवद्धता र सम्झौता गर्नु भएको छ’, उनले भनिन्, ‘सबैका मनमा उहाँको माग पूरा हुनुपर्छ भन्ने छ।

उनले केसीका माग पूरा हुँदा राष्ट्र र प्रधानमन्त्रीको पनि विजय हुने उनको भनाइ थियो। डा. केसी सबै पार्टीको सरकार छँदा अनसनमा बसेको र कुनै पनि सरकारले माग पूरा नगरेका कारण केसी कुनै पनि पार्टीको नभएको उनको दावी छ। सरकारले केसीका मग पूरा गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।