काठमाण्डु – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटस्थित माथिल्लो ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको छ ।
नेपाली सेनासहितको टोदीले शुक्रबार बिहान सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको हो ।
यसअघि उद्धार टोली र सुरुङभित्र फसेका व्यक्तिहरूबिच दोहोरो संवाद भएको थियो । उद्धारमा खटिएको टोलीले भित्र फसेकाहरूलाई ढाडस दिँदै ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै कराउँदा भित्रबाट ‘हुन्छ’ भन्ने आवाज आएको थियो ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार प्रयास जारी राखेका छन् ।








प्रतिक्रिया