काठमाण्डु – नुवाकोटको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जिवितै उद्धार गरिएपछि थप मानिसको आवाज सुनिएको छ ।
शुक्रबार बिहान दुई जनाको उद्धार गरिएको उक्त सुरुङबाट अन्य मानिसको पनि आवाज आएको र उद्धार कार्यलाई तीव्र पारिएको उद्धार टोलीले जनाएको छ ।
शुक्रबार बिहान ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको सकुशल उद्धार गरिएको थियो ।
नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट उनीहरूलाई सकुशल बाहिर निकालेको थियो।
त्यहाँबाट उपचारका निम्ति हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाण्डु पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
गृहमन्त्रीको सचिवालयले सुरुङभित्रबाट मानिसको आवाज सुनिएपछि उद्धार कार्य तीव्र पारिएको जनाएको छ । उद्धार टोली भित्र प्रवेश गर्दै गरेको पनि सचिवालयले जनाएको छ।
‘




प्रतिक्रिया