काठमाण्डु – सुनको भाउ शुक्रबार थप बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबारदेखि फेरि बढ्न थालेको हो।
बिहीबार सुनको भाउ ३ लाख ४ हजार ९ सय रुपैयाँ थियो ।
शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ। बिहीबार दिन ४ हजार ७२५ रुपैयाँ थियो ।




प्रतिक्रिया