सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने-आशाको किरण जीवितै छ

सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने-आशाको किरण जीवितै छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार भएकाले अझै आशाको किरण जीवितै राखेको बताएका छन्।

सुरुङबाट दुई जनाको उद्धार पछि गृहमन्त्री गुरुङले शुक्रबार सामाजिक सञ्जालमा उद्धारका केही तस्वीरहरू सेयर गर्दै लेखेका छन्, ‘३ए सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार भएको छ, जसले अझै आशाको किरण जीवितै राखेको छ।’

उनले निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद पनि सिदएका छन् ।

उनले निरन्तर प्रयासका लागि सांसद सागर ढकाल र श्रीराम न्यौपानेको उच्च कदर गर्दै उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहेको उल्लेख गरेका छन् ।

सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जनको सकशुल उद्धार गरिएको छ । भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङभित्र थुनिएका थिए।