राष्ट्रिय शोक र जेनजी शहीद दिवसको दिन पनि राहदानी सेवा नरोकिने

राष्ट्रिय शोक र जेनजी शहीद दिवसको दिन पनि राहदानी सेवा नरोकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले राष्ट्रिय शोक र सार्वजनिक बिदा घोषणा गरेका दुई दिन पनि राहदानी विभागबाट प्रदान हुँदै आएका सेवा नियमित सञ्चालन हुने भएका छन् ।

सरकारले भदौ २२ गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने तथा भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तर, राहदानी विभागले शुक्रबार सामाजिक सञ्जालमार्फत सूचना जारी गरेर ती दुवै दिन सेवा बन्द नहुने स्पष्ट पारेको हो ।

विभागले शुक्रबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै भदौ २२ र २३ गते राहदानीसम्बन्धी सम्पूर्ण सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

सो दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरिएको छ ।

‘राहदानी विभागबाट प्रवाह हुने सेवाहरू मिति २०८३ साल भदौ २२ र २३ गते नियमित रूपमा सञ्चालन रहने व्यहोरा सम्बन्धित सबै सेवाग्राहीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।