भोटेकोशी बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना

भोटेकोशी बाढीका घाइते भेट्न शिक्षण अस्पताल पुगे सञ्चारमन्त्री तिमिल्सिना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना भोटेकोशी बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावितको स्वास्थ्य अवस्था बुझ्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज पुगेका छन्।

नुवाकोट–१ का सांसदसमेत रहेका तिमिल्सिनाले अस्पताल पुगेर उपचाररत व्यक्तिहरूसँग प्रत्यक्ष भेट गर्दै स्वास्थ्य अवस्था र उपचारका क्रममा देखिएका समस्याबारे जानकारी लिएका हुन्।

उनले अस्पतालका अधिकारीहरूसँग घाइतेको उपचारका लागि गरिएको व्यवस्था, स्वास्थ्य सेवा तथा अस्पतालको समग्र व्यवस्थापनबारे समेत जानकारी लिए।

अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि अन्यलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।