सल्लाको रुख उचालेर बनाइयाे लाकुडीलाइनी पर्व

सल्लाको रुख उचालेर बनाइयाे लाकुडीलाइनी पर्व


गणेश बुढा

बझाङ – बझाङ जिल्ला छविस पाथिभेरा गाउंपालिका २ मा लाकुडी लाइनी पर्व सुरु भएको छ । लाकुडी लाइना यहि माघ १५ गते लेकगाउंको दैयाडबाट विहानैदेखी निराहार बर्त बसेर यो पर्व बनाइएको छ ।

निरहार वर्त पानी नखाएर यहाँका मानिसहरु विहानै देखी खाली खुट्टा मन्दिर गएर पूजा आराधाना गर्छन् । खाली पेट र मुखमा जौंको पात मुखमा राखेर निराहार वर्त वसि वाठपाल देवतालाई पूजा गरे भने अन्नवाली राम्रो हुने,सन्तान प्राप्ती राम्रो हुने जनविश्वास रहंदै आएको छ । दिनभरी मन्दिरमा पूजापाठ गरी बेलुका बाठपाला देवताका फाग गाउंदै २ दिनसम्म रमाइलो गरिन्छ ।

स्थानीय गणेश बुढाले भने ,माघ १६ गते थलिनौविसको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल थलि जिउंलाको दूर्गा मन्दिरमा लाकुडी लगाउंने परम्परा रहेकोले यसलाई लाकुडी लाईनी पर्व भनिएको हो । वास्तबमा यो पर्व लेकगाउंबाटै नै सूरु हुन्छ । सुरुमा लेकगाउंबाट देवताका दैपाडका असागुर्ज लगायतको साम्रगी सहितको डोला ल्याएपछि यो पर्व प्रारम्भ हुन्छ ।

डोलालाई थली दुर्गाको मन्दिरमा पूर्याएपछि सल्लाको सिङगै रुख काटेर एउटा पनि हागो न भाचेर उचालेर ल्याउने प्रचलन छ त्यसलाई लाकुडी लाइनी भनिएको हो । अघिल्लो वर्ष चढाएको लाकुडी ढालेर नयां लाकुडी भणार सोर्नै कार्य गरेपछि सवै जना नयाँ लाकुडी ढालेकको ठाउंमा वाजागाजा सहित नयाँ लाकुडी लगाउंछन् । मार्सिधान फल्ने धलि जिउंलाको १२२ सिढी रहेको सिजाज राजाले बनाएको सिढी मासको गाह्रो लगाएर बनाएको १३० मिटर भन्दा अग्लो पुल भाटेसाङ दैपाड धलि जिउंला विर्सौना वजार यस क्षेत्रका धार्मिक ऐतिहासिक क्षेत्रहरु हुन् ।