चिलिमे जलविद्युतको सुरुङमा ६ जना जीवितै रहेको सूचना

चिलिमे जलविद्युतको सुरुङमा ६ जना जीवितै रहेको सूचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुन्चे– रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना श्रमिक तथा प्राविधिक फसेको सूचना प्राप्त भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राम न्यौपानेले चिलिमेको सुरुङमा ६ जना फसेको खबर आएको बताए ।

इन्जिनियरसमेत रहेका न्यौपाने हाल बाढीग्रस्त त्रिशुली क्षेत्रमा उद्धारमा सक्रिय छन् ।

गत १० भदौमा आएको बिनाशकारी बाढीमा चिलिमेको सुरुङमा कामदार फसेको हुन सक्ने आशंकामा खोजीकार्य भएको थियो । तर, यसअघि कोही नभेटिएको भन्दै सेना, प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली फर्किएको थियो ।

सांसद् न्यौपानेले मानिस जीवितै रहेको सूचनापछि आफूहरु उद्धार टोलीसहित त्यसतर्फ गइरहेको बताए । ‘६ जना जीवितै हुनुहुन्छ भन्ने सूचना आयो’, उनले काठमाण्डु पाटीसँग भने, ‘हामी जाँदै छौं ।’

बाढीले ल्याएको लेदोले सुरुङको प्रवेशमार्ग बन्द भएकाले खोजीकार्यमा जटिला रहेको उनले बताए ।


यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जना र शनिबार हाकुबेसीस्थित २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार भएको थियो ।