पर्सा–वीरगञ्जस्थित एक क्यासिनोबाट गाउँपालिका अध्यक्ष र नेपाल प्रहरीका इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेललगायत रहेको पर्सा प्रहरी प्रमुख पवनकुमार भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार उनीहरुलाई वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा जुवा खेलिरहेका बेला पक्राउ गरिएको थियो ।
पक्राउ पर्ने अन्यमा पर्साकै सखुवाप्रसौनी–६ चन्दन सहनी र वीरगञ्ज–११ का ओमप्रकाश बैठा छन् ।
नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराएको आरोपमा क्यासिनोमा कार्यरत वीरगञ्ज–१४ का विजयकुमार पटेल, वीरगञ्ज–२५ का दिनेशकुमार पटेल, वीरगञ्ज–१२ का प्रदेशी साह र महोत्तरी पिपरा गाउँपालिका–५ का जयदेव साहलाई पनि पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




प्रतिक्रिया