नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो। यो जितसँगै नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेको छ।

पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो। उसका लागि अब्दुल वाहीदले ७७ रनको योगदान दिए भने मोहम्मद आतिफले ३० रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ र शेर मल्लले १ विकेट लिए।

१९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। गुल्शन झा ४४ र कप्तान रोहित पौडेल २४ रनमा अविजित रहे। इशान पान्डेले ४० तथा देव खनालले ३९ रन बनाए।

नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको छ। अब नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। उक्त खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।