काठमाण्डु – रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको सम्मान सोमाबार राष्ट्रिय शोक मनाइँदै छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीमा परेर ज्यान गुमाउनेहरूको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोमबार बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा नेपालभर शोक मनाइँदै छ ।
सरकारले देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
१० भदौमा रसुवाको भोटेकोसीहुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीमा परेर आइतबार साँझसम्म एक हजार ३५३ जनाको शव फेला पारेको भने अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ। फेला परेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।
बाढीपछि हालसम्म नौ हजार १५९ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार १९० जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको छ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ। हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन्।




प्रतिक्रिया