राष्ट्रपति पौडेल आज बाढीप्रभावित क्षेत्रमा जाँदै

राष्ट्रपति पौडेल आज बाढीप्रभावित क्षेत्रमा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –राष्ट्रपति रामचन्द्र पौडेल रसुवा बाढीप्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार बाढी प्रभावित क्षेत्रमा जाँदै छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको मैथिल ब्यारेक पुग्नेछन् । त्यहाँबाट उनी नुवाकोटा विभिन्न स्थानमा पुगेर बाढीको क्षतिको अवलोकन गर्नेछन् । त्यसपछि होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था पनि बुझ्ने जनाइएको छ ।

राष्ट्रपति पौडेल बाढी आएको १३औँ दिनमा अवलोकनमा जान लागेका हुन् । बाढीको १३ दिन पुगेको दिन सोमबार देशभर राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ ।