भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, ५ हजार अझै बेपत्ता

भोटेकोशी बाढी : एक हजार ३५५ शव फेला, ५ हजार अझै बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ। यस्तै बाढीमा परी अझै चार हजार ९९३ जना सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ११ बजे जारीको सूचनामा हालसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, तनहुँमा ३८ र चितवनमा ३६३ शव फेला परेको हो।

यस्तै, बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी खटाइएका छन्।

यसैगरी विभिन्न स्थानबाट जम्मा १३ हजार ३९६ जनाको उद्धार गरिएको छ।