बसमै अचेत भए युवक, बयोधा अस्पतालद्वारा मृत घोषणा

बसमै अचेत भए युवक, बयोधा अस्पतालद्वारा मृत घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–वीरगन्जबाट काठमाण्डुका लागि छुटेको बसमा यात्रारत एक युवक बाटैमा अचेत भए ।

अचानक बेहोस भएपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका छन् ।
मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ का १९ वर्षीय प्रदीप पटेल रहेको प्रहरीले जनाएको छ ।

पटेल म.प्र.०३–००१ज०७७५ नम्बरको गाडीमा काठमाण्डु आउँदै थिए ।

कान्ति लोकपथअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पुगेपछि उनको अचेत भए ।

सिस्नेरीस्थित स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि होसमा आएका पटेललाई बयोधा अस्पताल ल्याइएको थियो ।

यसैबीच प्रहरीले घटना अनुसन्धानका लागि गाडी चालक बाराको कलैया उपमहानगरपालिका–१९ का २९ वर्षीय तितेश राउत कुर्मीलाई नियन्त्रणमा लिएको छ ।