काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि नेपाल राष्ट्र बैंकबाट १ करोड ३८ लाख सहयोग भएको छ ।
राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले १ करोड ३८ लाखभन्दा बढी रकम राहत कोषमा जम्मा गरेका छन् ।
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा करार समेतका सम्पूर्ण कर्मचारीहरूका तर्फबाट कुल १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको बैंकले जनाएको छ ।




प्रतिक्रिया